आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महाशिवरात्रिमा कस्तो छ पशुपति क्षेत्र, के भन्छन् भक्तजन

AuthorAP Khabar२०७५ फागुन २०, सोमबार (५ साल अघि) ४६८ पाठक संख्या

महाशिवरात्रि पर्व आज आराध्यदेव भगवान शिवको पूजाआजा गरी मनाइँदै छ । यस अवसरमा भगवान पशुपतिनाथ तथा मुलुकभरका शिवालय एवं महादेव मन्दिरमा भक्तश्रद्धालुहरुको भीड लागेकोे छ ।

फागुन कृष्णपक्षको चतुदर्शी तिथिमा मनाइने महाशिवरात्रि पर्वमा भगवान शंकर यस लोकमा प्रादर्भाव हुनुभएको शास्त्रमा उल्लेख छ । जगतकल्याणका प्रतीक भगवान शिवका भक्तहरुले महाशिवरात्रिमा शिवलिङमा बेलपत्र, रुद्राक्ष, श्रीखण्ड चन्दन चढाएर विशेषपूजाआजा गरी राति धुनी लगाउने गर्दछन् । विषौधिका समेत प्रणेता भगवान शिवलाई भाङ धतुरो जस्ता वनस्पति पनि चढाउने चलन छ । भगवान शिव उत्पन्न हुनुभएको यस रातलाई महाशिवरात्रिको रुपमा भजनकीर्तन गरी रातभर धुनी जगाई शिवसाधना गररे मनाउने परम्परा छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस