आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रभु क्यापिटलको एकीकृत बिबरण पारित

AuthorAP Khabar२०७५ फागुन २०, सोमबार (५ साल अघि) २९४ पाठक संख्या

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत सुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको पुनर्निर्माण काठमाडौं महानगरपालिकाबाट खोसेर उपभोक्ता समितिमार्फत सुरु गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए ।

उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्डअनुसार रानोपोखरीको पुनर्निर्माण गर्ने बताए । उनका अनुसार, रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका छन् । आवश्यकता अनुसार कालिगढहरुको संख्या बढाउने छ ।काठमाडौं महानगरपाललिका-१ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताएका छन् ।

पुनर्निर्माण प्राधिकरणले रानीपोखरी क्षेत्रका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा‍.चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ । रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गर्ने प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस