आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

असामान्य समयमा वित्तीय स्थायित्व

AuthorAP Khabar२०७५ फागुन २०, सोमबार (५ साल अघि) २८७ पाठक संख्या

सन् २००८ को संकटपूर्वको समययताको एक दशकमा नीति–निर्माताले आजको वित्तीय प्रणाली धेरै नै सुरक्षित रहेको भन्दै हामीलाई आश्वस्त पारिरहे । बैंकिङ उद्योगमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न नियामकहरूले कडा परिश्रम गरेका छन् । मन्दीको समयमा ठूला बैंकहरू आफ्नो जोखिमपूर्ण बाजीबाट पछाडि हटिसकेका छन् । लगानीकर्ता, ग्राहक र केन्द्रीय बैंक सबै उच्च जोखिममा छन् । तर, के हामी साँच्चिकै सुरक्षित छौँ त ?

सामान्यतयाः जोकोहीले पनि ‘हो’ नै भन्छ । एक दशकअघि भड्किएको पूर्ण विकसित प्रणालीगत विश्वव्यापी संकट सामान्य सेप्टेन्निएल मन्दी थिएन । व्यवस्थित संकटको सबैभन्दा न्यून फ्रिक्वेन्सीको पुनरावृत्ति रोक्न नीति–निर्माताले सुधारसँगको प्रतिक्रिया र लगानीकर्ता, उपभोक्ता र राजनीतिज्ञलाई पछिल्लो संकट भुल्न लामो समय लाग्ने दुईवटा वास्तविकता प्रस्तुत गरेको छ ।

दुर्भाग्यवश, हामी सामान्य अवस्थामा बाँचिरहेका छैनौँ । संकटको व्यवस्थापन अटोपाइलटद्वारा सञ्चालित हुन सक्दैन र वित्तीय प्रणालीको सुरक्षा त्यसलाई व्यवस्थापन गर्ने मानिसको प्रतिस्पर्धामा निर्भर हुन्छ । अझै पनि केन्द्रीय बैंकमा उत्कृष्ट कर्मचारी र नेतृत्व रहनु खुसीको कुरा हो । संकट व्यवस्थापनमा मौद्रिक अधिकारी मात्र नभई समग्र सरकार नै समावेश रहन्छ भन्नेचाहिँ खराब कुरा हो । र, यसमा शंकाका लागि प्रशस्त ठाउँ छन् ।

यदि अर्को संकट पछिल्लो समयको जस्तै भयो भने कुनै पनि नीति–निर्माताले सहजै रूपमा सन् २००८ मा निर्मित ‘प्लेबुक’ पछ्याउन सक्छन् । यसमाथिको प्रतिक्रिया कम्तीमा पनि प्रभावकारी हुनेछ । यदि अर्को संकट साइबर आक्रमण वा विश्वव्यापी वास्तविक ब्याजदरमा भएको अनपेक्षित वृद्घिको परिणामबाट निम्तिएमा एकदमै भिन्दै र कमजोर बजारमा उच्च ऋणको जोखिम बढाउने खालको भयो भने के चाहिँ के हुन्छ ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रमुख पतनको अनुभव र सामना गर्न कौशल छ भन्ने कसैले इमानदारीपूर्वक भन्न सक्छ ? यो बुझ्न कठिन छ । किनकि, ट्रम्पको राष्ट्रपतिकालमा अमेरिकाले अनुभव गरेको वास्तविक संकट भनेकै ट्रम्पको राष्ट्रपतिकाल हो ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)का अध्यक्ष जे पावेल र उनको टिम पहिला भए पनि बाहिरबाट उत्पादन भएको वित्तीय संकटको चेतावनीको सामना गर्न अर्को वयस्क को हुनेछ ? फेडले सबै कुरा आफैँ एक्लैले सुरुवात गर्न सक्दैन, उसलाई बाँकी सरकारको राजनीतिक र आर्थिक दुवै सहयोग आवश्यकता पर्छ  । वास्तवमा सन् २००८ को तुलनामा अहिले फेडसँग योजना छैन । सन् २०१० मा भएको डड–फ्रयांक वित्तीय सुधार सम्झौताले पूरै सिस्टम नै पतन हुने भए पनि निजी संस्थालाई वित्तीय उद्धार गर्ने फेडको क्षमतामा रोक लगाएका कारण उसका योजनामा कमी आएको हो । के कंग्रेसले ग्रिडलक दिन सक्छ त ? वा हलिउड चलचित्रका निर्माता र अमेरिकी पूर्वअर्थमन्त्री स्टेभेन नुचिनले सन् २०१६ को चलचित्र ‘रुल्स डोन्ट एप्लाई’को अन्तर्दृष्टि प्रयोग गर्लान् ?

युरोपको केस पनि यस्तै वा योभन्दा पनि खराब छ । लोकप्रियतावादले अविश्वास र विभाजन बढाउन इन्धनको काम गरेका कारण एक दशकअघि जति वित्तीय लचकता थियो, हाल त्यो छैन । सन् २००८ यता वित्तीय प्रणालीमा सुधारहरू भएका छन् भन्दा नीति–निर्माता सही छन् । विश्वको अर्को प्रमुख वित्तीय केन्द्र बेलायतलाई हेरौँ, जहाँका राजनीतिक नेताहरूले राष्ट्रलाई ब्रेक्जिट नामक चट्टानको छेउतिर लगे । कडा राजनीतिक निर्णय र चुस्त सोचको आवश्यकता पर्ने वित्तीय संकटलाई प्रतिस्पर्धात्मक रूपमा सम्हाल्न यी नेताले सक्लान् भन्ने अनुमान गर्न सकिएला ? केन्द्रीय बैंक र अर्थ मन्त्रालयमा उत्कृष्ट कर्मचारी रहेको बेलायत यस मामिलामा भाग्यशाली छ । तर, एकदमै उत्कृष्ट बोफिन्स (वैज्ञानिक तथा प्राविधिक अनुसन्धानमा संलग्न व्यक्ति)ले उनीहरूलाई कोही राजनीतिज्ञले नछोप्ने हो भने मात्रै यस्तो गर्न सक्छ ।

यसै क्रममा, अंग्रेजी च्यानलतर्फको गहिरो विभाजनका कारण गम्भीर तनावसँग जुझ्न कडा नीतिको कार्यान्वयनमा कठिनाइ आउन सक्छ । उदाहरणका लागि, विश्वव्यापी वास्तविक ब्याजदरमा वृद्घि भयो भने युरोजोनमा छरिएर रहेका विरोधी ऋण बजारमा विनाश हुन सक्छ । यस्तो हुने आशा गर्न सकिन्छ, तर यो पक्काचाहिँ छैन ।

यदि नियमनहरू बैंकमा जोखिम सम्मिलित गर्न सफल बने पनि जोखिमका प्रमुख स्रोतहरू कम नियमन भएका स्याडो वित्तीय प्रणालीतर्फ सर्ने सम्भावना बढी हुन्छ । तर, यो अर्को ठूलो वित्तीय संकट आउनुभन्दा २०–४० वर्षअगाडि हुने सम्भावना कम छ । यसले संकटका लागि तयार रहन प्रशस्त समय दिन्छ । विश्वव्यापी वित्तीय प्रणाली निरन्तर बढी नै रहेको र विश्वव्यापी ऋण हाल २ सय ट्रिलियन डलरमा उक्लिएको हामीले अहिले के बुझेका छौँ भन्ने त स्पष्ट नै छ । उत्कृष्ट वित्तीय नियमकले वित्तीय जोखिमलाई रोकेको हुन त सक्छ, तर यसले ऋण खुम्च्याएको नै छ भन्नेचाहिँ जरुरी छैन ।

उदाहरणका लागि ठूला बैंकहरूले किताबी रूपमा थोरै जोखिम देखे पनि नियामकहरूले भने छाया वित्तीय प्रणालीतर्फ बढेको र छिट्टै नै बढ्न सक्ने जोखिमयुक्त ऋणको मूल्यांकन गर्न कडा मिहिनेत गर्न आवश्यक छ । डिपोजिट र ऋणसम्बन्धी समस्यासँग जुझ्न नियामकहरूले तुरुन्तै बैंकको उच्च बफर तरलतातर्फ इंगित गर्छन् । दुर्भाग्य नै भन्नुपर्छ, सामान्य समयमा ‘तरल’ रहने सम्पत्ति संकटको समयमा भने ‘स्थिर’ (सजिलै नगदमा परिवर्तन गर्न नसकिने सम्पत्ति) बनिदिन्छन् ।
सन् २००८ यता प्रणालीमा केही सुधार भएका छन् भन्ने तर्क दिँदा नीति–निर्माता सही छन् । तर, ती टुक्रे सुधारहरू आवश्यकभन्दा निकै कम भएका छन् । जसले बैंकहरूलाई (स्टयान्डफोर्डका अर्थविद् अनत अदमातीले र म्याक्स प्लाङ इन्स्टिच्युटका मार्टिन हेलविगले तर्क गरेअनुसार) सेयर जारी गर्दै आफ्नो वित्तपोषणको हिस्सा बढाउन बाध्य बनाएको छ । वित्तीय प्रणालीमा भइरहेको निरन्तर वृद्घि र विषालु राजनीतिक वातावरणमा भएको वृद्घिसँगै अर्को प्रमुख वित्तीय संकट तपाईं–हामीले सोचेभन्दा निकै छिटो आउन सक्छ ।

naya patrika

प्रतिक्रिया दिनुहोस