आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टुकीबाट सल्किएको आगोले घर जलेर छोरीको मृत्यु आमा गम्भिर घाइते

AuthorAP Khabar२०७५ फागुन २१, मंगलबार (५ साल अघि) ३२४ पाठक संख्या

टुकीबाट आलो बाल्ने क्रममा घरमा सल्किएको आगोले तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङको शुक्रबारे बजारस्थित एक घरमा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्। मंगलबार बिहान ६.१५ बेजेतिर आमाले टुकीबाट आगो बाल्ने कोशिस गरेकी थिइन् । आगलागीमा परी २० वर्षीया सम्झना कार्कीको जलेर मृत्यु भएको हो ।

आगलागीबाट सम्झनाकी आमा ५५ वर्षीया राममाया कार्की भने सक्त घाइते भएकी छन्। उनलाई उपचारका लागि वीपी कोइराला श्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। आमाछोरी मात्र बस्दै आएको सो घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा हरेको करिब १० लाख मुल्य बराबरको धनमाल समेत जलेर नष्ट भएको छ ।

आगो प्रहरी र स्थानियबासीको सक्रियतामा एकघण्टा पछि नियन्त्रणमा आएको थियो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

light Nepal

प्रतिक्रिया दिनुहोस