आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राप्रपाको कार्यक्रमले राजमार्ग अवरुद्धः भन्छ संघीयता खारेज !

AuthorAP Khabar२०७५ फागुन २१, मंगलबार (५ साल अघि) ४३५ पाठक संख्या

पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको संयुक्त भाग पर्ने हेटौंडाको सिमाचोकमै तीन घण्टा राजमार्ग अवरुद्ध पार्दै राप्रपाका अध्यक्ष कमल थापाले संघीयता खारेज गर्न दलहरुलाई आग्रह गर्नुभएको छ । तत्कालीन जनचाहना अनुरुप धर्म निरपेक्षता र संघीयतालाई आफुहरुले पनि स्वीकार गरेको स्मरण गर्दै संघीयता र धर्म निरपेक्षताले मुलुकलाई गलत बाटोतर्फ डो¥याएको उहाँको दावी छ ।

संबिधानमा हिन्दुराष्ट्र कायम गर्न दबाव दिन आयोजना गरिएको मेची–महाकाली स्वाभिमान यात्रालाई आज अब संघीयता खरेज गरी संबिधानमा हिन्दु राष्ट्र उल्लेख गर्न ठूला दलहरु सहमत हुनुपर्ने बताउनुभयो । विगतको त्रुटीपूर्ण मार्गचित्र नै बदल्नुपर्ने भन्दै अब संघीयता खारेज गर्नुपर्ने बहस जरुरी भईसकेको अध्यक्ष थापाको तर्क छ ।

यदि सरकार र ठुला दलले राप्रपाको अबमुल्यन गरे मुलुकमा तेश्रो जन आन्दोलन हुने चेतवानी दिएका अध्यक्ष थापाले सरकार मात्र नभई प्रमुख विपक्ष दल समेत भ्रष्टाचारमा मुछीएको आरोप लगाउनुभयो । विगतको माओवादी द्वन्द्व व्यवस्थापन त्रुटीपूर्ण रहेकै कारण अहिले माओवादीबाटै टुक्रिएको अर्को हिस्सा डरलाग्दो तबरबाट अघि बढेको अध्यक्ष थापाले बताउनुभयो । अहिलेका माओवादीहरुसंग ठूला र आधुनिक हतियार रहेको भन्दै अध्यक्ष थापाले मुलुक द्वन्द्वतर्फ अघि बढ्न सक्ने खतरा देखिएकोले समयमै ध्यान दिन सरकारलाई सचेत गराउनुभयो ।

मुलुकमा हरेक खालका परिवर्तनमा नसुनीएको राज्य टुक्र्याउने कुरा यस पटक तराइमा गुञ्जीएको बताउँदै त्यसलाई निश्तेज पार्न सरकार सजक रहनुपर्ने बताउनुभयो । राजनितिक अर्कमन्यता र सत्ता लिप्सामा अडिय भोलि राष्ट्रिय सुरक्षाको खतरा बढ्ने बताउनुभयो । तराईलाई टुक्रयाउन चाहने बिखण्डनकारी शक्तीलाई उन्मुक्ती दिएको भन्दै अध्यक्ष थापाले सरकारको आलोचना समेत गर्नुभयो । कार्यक्रममा राप्रपाका नेता बुद्धीमान तामाङ, संघीय सांसद राजेन्द्र लिङ्देन, पार्टीका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, जिल्ला अध्यक्ष मधु अधिकारी लगायतले सम्बोधन गरेका थिए ।

janta samachar

प्रतिक्रिया दिनुहोस