आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतलाई दिइरहेको सहुलियत बन्द गर्ने अमेरिकाको घोषणा

AuthorAP Khabar२०७५ फागुन २२, बुधबार (५ साल अघि) २७४ पाठक संख्या

अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयलाई निर्देशन दिँदै सहुलियतपूर्ण व्यापारिक सुविधा प्रदान गरिने कार्यक्रम जिएसपीबाट भारतको नाम हटाउन भनेका छन् । जिएसपीअन्तर्गत निश्चित वस्तुलाई अमेरिकामा करविना नै प्रवेश दिइन्छ र त्यसका लागि सम्बन्धित देशले कंग्रेसले निर्धारण गरेको केही मापदण्ड पूरा गर्नुपर्छ । भारतबाट वार्षिक करिब ८० अर्ब डलरबराबरका सामान अमेरिका निर्यात हुन्छ ।
के भन्यो अमेरिकाले ?
अमेरिकी व्यापार प्रमुखको कार्यालयले सोमबार एक वक्तव्य जारी गर्दै भारतलाई दिइरहेको अमेरिकी व्यापार सहुलियत प्रणाली (जिएसपी) को दर्जा तत्कालै खारेज गर्न चाहेको जनाएको छ । सो कार्यालयले परिवर्तित सन्दर्भमा भारतलाई जिएसपीका प्रावधानबमोजिम समेट्न नसकिने बताएको छ । भारतले धेरै किसिमका व्यापारिक अवरोध सिर्जना गरिरहेकाले त्यसबाट अमेरिकालाई भारतीय बजारको सहज पहुँचमा कठिनाइ भइरहेको पनि सो कार्यालयले जनाएको छ ।
भारतले न्यायोचित पहुँच दिएन : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई भारतले आफ्नो बजारमा न्यायोचित पहुँच नदिएको आरोप लगाएका छन् । अमेरिकी कंग्रेसलाई पठाएको एक पत्रमा ट्रम्पले भनेका छन्, ‘भारतले अमेरिकालाई उसको बजारमा न्यायोचित पहुँच प्रदान गर्नेछ भनेर हामीलाई आश्वस्त पार्न सकेन ।’

दुई देशको व्यापारमा असर पर्दैन :भारत
भारतले अमेरिकी सहुलियत कटौतीले दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ । भारतको वाणिज्य मन्त्रालयका अन’सार  अमेरिकी सहुलियत प्रणाली (जिएसपी) अन्तर्गत भारतबाट करिब ६ अर्ब डलरबराबरका सामान मात्र निकासी हुने गरेको छ । ‘जिएसपी सुविधा कटौती गरे पनि त्यसबाट अमेरिकातर्फको निकासीमा खासै प्रभाव पर्दैन,’ वाणिज्य मन्त्रालयले भनेको छ । अमेरिकी सहुलियतअन्तर्गत भारतले उक्त देशले ५.६ अर्ब डलरबराबरको सामग्रीमा विनाकर अमेरिकी बजारमा बेच्न पाएको थियो ।

naya patrika

प्रतिक्रिया दिनुहोस