आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दैलेखमा फरार अपराधी १३ वर्षपछि पक्राउ

AuthorAP Khabar२०७५ फागुन २२, बुधबार (५ साल अघि) ३१८ पाठक संख्या

कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ (साविकको कट्टी गाविस–२ सनी गाउँ) का ३८ वर्षीय टोपबहादुर सिंह रहेको छ ।

सोहि ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा सिंहलाई जिल्ला अदालत दैलेखले २०६७ चैत २३ गते दोषी ठहर गरी २० वर्ष कैद सजायको फैसला गरेको थियो । मगरको २०६२ कात्तिक १८ गते हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले फरार सिंहलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरलले जानकारी दिए ।

narayani online

प्रतिक्रिया दिनुहोस