आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वसन्तपुरको ग्यास स्टोरमा आगलागी, आगो नियन्त्रण बाहिर

AuthorAP Khabar२०७५ फागुन २३, बिहिबार (५ साल अघि) ३८६ पाठक संख्या

राजधानीको वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ। ग्यास स्टोरमा आगो लागेकोले ग्यास पड्किने क्रम जारी छ। अहिलेसम्म ९ वटा ग्यास सिलिन्डर पड्किसकेका छन् । ग्यास पड्केर एक जना घाइते भएका छन् । दिउँसो भएको आगलागीबाट तीन घर जलेका छन् ।

आगो नियन्त्रणको प्रयास  भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आइनसकेको जानकारी छ । स्टोरमा धेरै ग्यास सिलिण्डर रहेकाले आगो नियन्त्रणमा आउन सकेको छैन ।  घटनाको बाँकी विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस