आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हिंसाले नारी सम्मानको मौलिक सभ्यतालाई चुनौती दिइरहेको छ : प्रधानमन्त्री

AuthorAP Khabar२०७५ फागुन २४, शुक्रबार (५ साल अघि) ३६४ पाठक संख्या

फागुन २४  प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथिको हिंसाले नारी सम्मानको मौलिक नेपाली सभ्यतालाई नै चुनौती दिइरहेको बताएका छन् ।

परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहे पनि हिंसाजन्य गतिविधि चुनौतीका रुपमा खडा भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौती दिइरहेका छन्’, १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब विद्यमान विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नु पर्दछ ।’

बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गरेका प्रधानमन्त्रीले शासकीय पद्धतिको परिवर्तनले संघीय संरचनामा बढाएको महिलाको प्रतिनिधित्वप्रति भने प्रसन्नता व्यक्त गरेका छन् ।

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास गर्दागर्दै पितृसतात्मक सोचले केही समस्या सिर्जना गरेको उल्लेख गर्दै उनले त्यसमाथि सुधारको खाँचो औंल्याए ।

‘आधा आकाश र आधा धर्ती ओगट्ने महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प साकार हुनसक्दैन । त्यसैले महिला सशक्तीकरणका लागि संघ, प्रदेश र स्थानीयतहले आ–आफ्नो स्थानबाट नयाँ सोचका साथ नीति, योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु’, ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रबद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्ने व्यक्तित्वहरूको स्मरण पनि शुभकामना सन्देशमार्फत गरेका छन् ।

onlinre khabar

प्रतिक्रिया दिनुहोस