आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जितपुरमा १०९ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइयो

AuthorAP Khabar२०७५ फागुन २४, शुक्रबार (५ साल अघि) ३३४ पाठक संख्या

फागुन, २४ गते १०९ औँ अन्तराष्ट्रिय महिला दिवसका दिन देश भरी विभिन्न कार्यक्रम गरि मनाइएको छ । तेसै गरि बाराको जितपुरसिमरा उपमहानगरपालिका ७, जितपुरमा पनि १०९ औँ अन्तराष्ट्रिय महिला दिवस भव्य रुपले मनाइएको छ ।

१०९ औँ अन्तराष्ट्रिय महिला दिवस जितपुरसिमरा उपमहानगरपालिका जितपुरको कार्यालय भित्र भव्य रुपले आयोजना गरिएको थियो ।

जितपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वति चौधरीको अध्यक्षतामा सम्पन्न भएको १०९ औँ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रममा प्रदेश नं २ का प्रदेश सभा सदस्य सिता गरुगंप्रमुख अथितिको रुपमा रहनु भएको थियो भने प्रदेश नं२ का प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल र जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रसासकिय शिवराज सेडाइ विसिस्ठ अथितिको रुपमा रहनु भएको थियो ।

कार्यक्रममा समाज सेवी देव नारायण चौधरी, कृष्ण खनाल, मनोज पौडेल, निधा महरजन, देवी साप्कोटा, अफ्ताव आलम, रेणु बहन्जी लगायतको उपस्थिगि रहेको थियो ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले जितपुरसिमरा उपमहानगरपालिकाले महिला र पुरुष दुबैलाई समान रुपले हेरेको छ र अघि पनि समान रुपले हेर्ने बताउनुभएको छ ।

प्रदेश नं २ का प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले कार्यक्रम अन्तरगत सरकारले कुनै पनि काम, कार्यालयमा अथ्वा उद्योगमा ३३ प्रतिशत महिला कर्मचारी राख्ने सम्बिधानमा उलेख गरिएको छ तर त्यो अहिले पनि स्थानियमा लागु नभएको बताउदै यस्लाई लागु नर्ग महिलाहरुलाई र जितपुरसिमरा उपमहानगपरपालिकालाई सचेत गराउनुभएको छ ।

कार्यक्रमका प्रमुख अथिति प्रदेश नं २ को प्रदेश सभा सदस्य सिता गुरुगंले महिलाहरु पुरुषको तुलनामा कतै कम नभएको र नेपालमा महिला पुरुष दुबैलाई कुनै पनि काममा १०० प्रतिशतमा ५० प्रतिशत महिलालाई हक दिनुपर्ने बताउनु भएको छ ।

कार्यक्रकी अध्यक्ष जितपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वति चौधरीले विकासका हरेक काममा महिलाले पनि समान सहकारीता जनाउनुपर्ने र महिलाहरुले थोरै पैसाको लाथि आफ्नो हात कातेर दिनु नर्पे भन्दै कार्यक्रमलाई समापन नर्गुभएको थियो ।

APkhabar

प्रतिक्रिया दिनुहोस