गढिमाई मन्दिर दर्शन गर्न आउनेका लागी ‘एसी’सहितको शौचालय

समाचार

विश्व प्रख्यात गढिमाई मन्दिर प्राङ्गणमा वातानुकुलित शौचालय निर्माण भएको छ । मन्दिर दर्शन गर्न आउने आन्तरिक एवं वाह्य पर्यटकलाई मध्य नजर गर्दै शौचालय निर्माण गरिएको हो ।

महागढीमाई नगरपालिकाको ४८ लाख बजेटमा निर्मित उक्त वातानुकुलित (एसी) शौचालयको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले आज मंगलवार उद्घाटन गर्दै  गढीमाईलाई सुबिधा सम्पन्न पर्यटकिय गन्तब्यका रुपमा बिकास गर्न वातानुकुलित (एसी) शौचालय निर्माण गरिएको बताए ।

बिश्वप्रसिद्ध गढीमाईको दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सुबिधालाई मध्यनजर गर्दै नगरपालिकाको बिकास बजेटबाट रकम बिनियोजन गरी अत्याधुनिक शौचालय निर्माण गरिएको जानकारी समेत उनले गराए ।

प्रदेशमै नमुना दाबि गरिएको उक्त शौचालय ब्यवस्थित रुपमा सञ्चालनका लागि  नगरपालिका कार्यालयले गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिलाई हस्तनान्तरण गरेको छ ।

नवनिर्मित शौचालयमा पुरुष र महिलाका लागि समान चार÷चार ओटा कोठा रहेका छन् । शौचालयसँगै एक÷एक ओटा स्नानघरको समेत निर्माण गरिएको छ ।

उद्घाटन कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकाल, वडा अध्यक्ष सुदामा साह कानु, विरेन्द्र चौरसिया, उपेन्द्र जयसवाल, गजेन्द्र जयसवाल, सञ्चालन विकास समितिका अध्यक्ष रामचन्द्र साह, सचिव मोतिलाल कुशवाहालगायतको सहभागिता रहेको थियो ।

bara khabar

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *