आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वराजाको तराई भ्रमण आजदेखि

AuthorAP Khabar२०७५ फागुन २९, बुधबार (५ साल अघि) ३०९ पाठक संख्या

पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराई भ्रमण पुनः बुधबारदेखि शुरु हुँदैछ । पूर्वमुमा बडामहारानी रत्न शाह अस्वस्थ भएर अस्पताल भर्ना भएपछि स्थगित भएको पूर्वराजा ज्ञानेन्द्रको मध्यतराई भ्रमण आजदेखि पुनः शुरु हुन लागेको हो ।

पूर्व मुमाबडामहारानीको स्वास्थ्यमा सुधार आएपछि ज्ञानेन्द्रको नयाँ भ्रमण तालिका बनाइएको हो । उनले धुनषाबाट भ्रमण शुरु गर्नेछन् । भ्रमणको क्रममा पूर्वराजा शाहले विभिन्न देवालय, मन्दिर तथा शक्तिपीठहरुमा पूजा अर्चना गर्ने कार्यक्रम तय भएको छ ।

बिहीबार उनले सर्लाहीको मलङ्गवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ । चैत १ गते जानकी मन्दिरमा पूजापाठ गर्नेछन् । चैत २ गते उदयपुरको गाइघाटमा राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी झापा जाने कार्यक्रम रहेको छ ।

bara khabar

प्रतिक्रिया दिनुहोस