आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको प्रदेश स्तरीय भेला कार्तिक १७ गते बारामा हुने

AuthorAP Khabar२०७५ कार्तिक ३, शनिबार (५ साल अघि) ५७३ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक ३ :  नेपाल कम्युनिष्ट पार्टी नेकपा बारा निर्वाचन क्षेत्र ४ प्रदेश साभा (ख) को अगुवा कार्यकार्ता भेला विश्रामपुर गाउँ पालिकामा सम्पन भएको छ । भेलाले कार्तिक १७ गते शनिबारका दिन विश्रामपुर गाउँपालिकाको इटियाही बजार मा प्रदेश स्तरीय शुभकामना कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टिका नेता लवभुक बैठा र धर्मदेव यादबको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका युवा नेता उमेश कुश्वाहाको विशेष उपस्थिती रहेको थियो । भेलाले कार्तिक १७ गते हुने कार्यक्रममा आम जनसमुदायलाई उपस्थित हुन हार्दिक अनुरोध समेत गरेको छ ।
आउदो भेलामा प्रदेश नम्बर २ को विकास निर्माणमा देखिएको समस्या र त्यसको समाधानका लागि छलफल गरिनुका साथै दशै, दिपावलि तथा छ्ठको शुभकामना आदानप्रदानको कार्यक्रम राखिएको युवा नेता कुश्वाहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस