आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आफु सहित बाबुद्वारा दुई छोराको हत्या

AuthorAP Khabar२०७५ कार्तिक ४, आईतबार (५ साल अघि) १२०० पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक ४  : बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ को औराहका ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्नो २ जना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
रामले आफ्नो ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । तीनैजनाको शव पोष्टमार्टमका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुभाष हमालले जानकारी दिनुभएको छ ।
राम प्राय मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्रहरीको प्ररम्भीक अनुसन्धानले देखाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक हमालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस