आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अभिभाबकत्व ग्रहण गरीएका बिर्धार्थी बिध्यालयमा अनुपस्थित, भर्ना अभियान प्रभावकारीताका लागि कार्यक्रम अयोजना गरीने

AuthorAP Khabar२०७५ चैत्र १, शुक्रबार (५ साल अघि) २८४ पाठक संख्या

बारा १ चैत्र   सरकारले गत बर्ष सन्चालन गरेको भर्ना अभियानमा अभिभावकत्व ग्रहण गरी बिध्यालयमा भर्ना भएका बिध्यार्थीको अवस्था कस्तो छ त्यसको लेखा जोखा हुन सकेको छैन । चर्चामा आउनका लागि उच्व पदस्थ अधिकारी र जनप्रतिनिधीहरुबाट गत बर्ष भर्ना अभियान सुरु भए संगै अभिभाबकत्व ग्रहणको लहरै चलेको थियो ।

बारा जिल्लाका बिभिन्न बिध्यालयमा अभिभाबकत्व ग्रहण गरी भर्ना गरीएका बिध्यार्थीहरु मध्ये कति पय बिध्यालय जानै छोडि सकेका छन,भर्ना संगै अभिभाबकले दिएको कापी र कलम सकिएपछि नयां खरिद गर्न सकि रहेका छैनन उनिहरु कापी,कलम,खाजा र परीक्षा सन्चालन सहयोगको नाममा बिध्यालयले लिने शुल्क तिर्न नसकेर परीक्षा समेत दिन नसक्ने अवस्था आएको बिध्याथीको गुनासो छ । जितपुर सिमरा उपमहानगरपालिका भित्र करीब १५ जना बिध्यार्थीको अभिभावकत्व ग्रहण गरीएको थियो त्यस मध्ये सबै बिध्यालयमा नियमित छैनन ।

यसै बिषयमा रहेर रेडियो सिमराले अभिभावकत्व ग्रहण गरेका बिध्यार्थीको अवस्था र आगामी भर्ना अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा जनसरोकार रेडियो बहस कार्यक्रमको आयोजना गर्ने भएको छ । चैत्र २ गते शनिबार जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालय सिमरामा हुने कार्यक्रममा प्रदेस सभा सदस्य शोभा लामा,शिक्षा बिकास तथा समन्वय इकाइ बाराका प्रमुख नरेन्द्र राज पौडेल,शिक्षक महासंघका प्रतिनिधी एवंम नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष अनिल मैनाली र सरोकारवालाका बिचमा बहस हुने छ ।

सामुदायिक बिध्यालयमा बिध्यार्थी भर्ना दर घटेकाले अव सुरुहुन लागेको बिध्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरीएको रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलले बताउनु भयो । बहस कार्यक्रम चैत्र २ गते बिहान ८.३० बजे हुने भएकोले उपस्थित हुन शिक्षक,अभिभाबक, बिध्यालय ब्यवस्थापन समितीका पदाधीकारी तथा सरोकारवालामा अनुरोध गरीएको पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस