आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वराजाले भने : यो मधेश होइन, तराई हो

AuthorAP Khabar२०७५ चैत्र १, शुक्रबार (५ साल अघि) ११३२ पाठक संख्या

प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेश नभएको बताएका छन् ।

शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेपछि पत्रकारहरुले उनलाई मधेश भ्रमणमा आउनुभयो, यहाँका जनताको मनोभावना कस्तो बुझ्नुभयो ? भन्ने जिज्ञासा राखेका थिए ।

जवाफमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘यो तराई हो, हामीले पहिलेदेखि नै तराई भन्दै आएका छौं, मधेश भन्दिनँ ।’

उनले शान्ति र प्रगति होस् भनेर आफूले कामना गरेको बताए । ‘जानकी मन्दिरमा पूजापाठ गरेर के माग्नुभयो ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘सबैको भलो होस् ।’

मुलुकमा शान्ति र प्रगतिको आवश्यकता रहेको उनले बताए । के अहिले देशमा शान्ति छैन र ? भन्ने प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘तपाईंले नै हेर्नुस् जनताको मनोबल, जनताको परिस्थिति कस्तो छ, के छ उहाँहरुलाई नै सोध्नुस् । मलाई नसोध्नुस् ।’

online khabar

प्रतिक्रिया दिनुहोस