आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राहदानी विभागको कार्यालय समय १ घण्टा थप

AuthorAP Khabar२०७५ चैत्र २, शनिबार (५ साल अघि) ४५५ पाठक संख्या

राहदानी विभागले आफ्नो कार्यालय समय १ घण्टा बढाएको छ ।

सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै उसले १०–५ को कार्यालय समयमा पुनरावलोकन गरेको हो ।

विभागका अनुसार, १०–५ सञ्चालन हुँदै आएको कार्यालय आजबाट ९ बजे खुलेर ५ बजे बन्द हुने भएको छ । शुक्रबार भने ३ बजेसम्म सेवाप्रवाह हुने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।

थपिएको समयले सेवाप्रवाहमा सुधार आउने विश्वास महानिर्देशक खड्काले व्यक्त गरे ।

सरकारले हाल देशभरका जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।

यसैबीच, विभागले राहदानी प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ । राहदानीको केरमेटलगायतले समस्या आउन सक्ने भन्दै विभागले सचेत गराएको हो ।

प्रतिक्रिया दिनुहोस