आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर

AuthorAP Khabar२०७५ चैत्र ३, आईतबार (५ साल अघि) ३७९ पाठक संख्या

चैत्र ३  पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किएका छन् । एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, २ जना गम्भीर घाइते भएका छन् ।

कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँएका हुन । दुर्घटनामा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस