चैत १८ सर्लाही ।
नेकपा सर्लाहीका युवा नेता चन्द्र भुषण साहले प्रदेश सांसद उपेन्द्र महतोलाई समाजिक सञ्जाल फेसबुक मार्फत सिधा प्रश्न गरी खबरदारी गरेको छ ।
बिधायक महतोलाई निर्वाचन क्षेत्र विकास कोषको १ करोड़ रकम आफुखुसी मनमानी ढंगबाट प्रदेश सरकारको राहत कोषमा दिने नैतिक धरातल तथा कानूनी अधिकार दुबै नरेहेको युवा नेता साहको ठहर छ ।
विधायकले सस्तो लोकप्रियताको लागी आफ्नो अकर्मण्यता ढाकछोप गर्न यो नौटंकीपूर्ण तमसा रचेको छ तर नागरिक अब जागरूक एंव सचेत भैसकेकोले परिवारिक विरासतको बलमा आफ्नै क्षेत्रका जनतासंग गरेको धोखाधड़ी र राजनीतिक अपराध(घात) कुनैपनि हालतमा जनताको अदालतमा क्षम्य नहुने साहको जिकिर छ ।
नेता साहको फेसबुक पोस्ट यसप्रकार रहेको छ:
“बिधायक मा. उपेन्द्र महतो सुडीसंग एक क्षेत्रवासी सार्वभौम नेपाली नागरिकको हैसीयतले मेरो सिधा प्रश्न निम्नलिखित रहेको छ:
प्रश्न नं. १: बाहिरबाट मेहनत मजदूरी गरेर आफ्नो अधिनस्थ परिवारजनको लालनपालन गर्नु हरेक सच्चा कर्तव्यनिष्ट अभिभावकको परम दायित्व हो, नाकी आफ्नो सदस्यलाई भोकै छोडी घरभित्रको दानापानीमा बाहिर आफ्नो सस्तो लोकप्रियताको लागि तमसा रच्नु ? (अपना क्षेत्रवासिके अई संकटके घडीमे खाईला लाई न आ क्षेत्रसे बाहर जाके…!)
प्रश्न नं. २: हेक्का रहोस् ! निर्वाचन क्षेत्र विकास संसदीय कोषको रकम सारा क्षेत्र बासीको साझा हो, नाकी तपाईको व्यक्तिगत पेवा ? यो यथार्थलाई कसरी भुल्नु भो ?
प्रश्न नं. ३: जसरी एउटा वडा अध्यक्षलाई आफ्नो वडा विकासको रकम जिल्लाभरी वितरण गर्ने नैतिक आधार र अधिकार हुदैन, ठीक त्यसैप्रकार एउटा विधायकलाई संघ, प्रदेश वा अन्य निकायबाट आफ्नो क्षेत्रमा थप बजेट ल्याउनुको सट्टा विधानसभा क्षेत्र भित्रको बजेट कार्यबिधि विपरीत क्षेत्रबाहिर लाने नैतिक धरातल र अधिकार हुदैन ।
राजनीतिक विरासतमा हुर्केको तपाई जस्तो नेताबाट यस्तो लापरवाही कसरी क्षम्य हुन सक्छ ?
#सन्दर्भ: निर्वाचन क्षेत्र विकास कोषको रकम व्यक्तिगत सस्तो लोकप्रियताका लागी प्रदेश सरकारको कोषमा दिने घोषणा”
प्रतिक्रिया दिनुहोस