आज:  २०७७ श्रावण २५, आईतबार | Sun, 09, Aug, 2020
FLASH NEWS

डिभिजन बन सिमरा र गढिमाई साझेदारीद्धारा १० हजार बिरुवा वितरण

२०७७ अषाढ १७, बुधबार (१ महिना अघि) ३१ पाठक संख्या

एपी खबर
जीतपुर : डिभिजन बा कार्यालय बाराले गढिमाई साझेदारी बन ब्यवस्थापन समिति पथलैयाको सहकार्यमा ३ हजार ५ सय बिरुवा बितरण गरेको छ । पर्यावरणलाई सफा सुघर बनाउन र स्थानियलाई बिरुवा सहज बनाउन यो बिरुवा बितरण गरीएको हो ।

करिब १० हजार बिरुवा बितरण गर्ने यस अभियानको पहिलो दिन गढिमाई साझेदारी अन्तरगतको जीतपुर, छातापिपरा, बुनियाद, खुटवा र परसौनी गरी पाँच ओटा गाउँमा बितरण गरीएको डिभिजन बन कार्यालय सिमराका प्रमुख मंजुर अहमदले जानकारी दिनुभयो ।

उहाँले बनमा आश्रीत ग्रामीण क्षेत्रका स्थानियहरुलाई सहज पहुच र आम्दानीको श्रोत समेत बन्न सक्ने प्रजातीको बिरुवा बितरण गरीएको जानकारी दिनुभयो । यस कार्यालयले यस अभियान अन्तरगत विभिन्न साभलेदारीको सहयोगमा उसको कार्यक्षेत्र पर्ने गाउँमा बिरुवा बितरण गर्ने छ ।

यता पाँच ओटा गाउँमा बिरुवा बिरतण गरेको यस साझेदारीले ३ दिनमा आफ्नो क्षेत्र अन्तरगतको १५ औटै गाउँमा १० हजार बिरुवा बिरतण गर्ने गढिमाई साझेदारीका अध्यक्ष गणेश साहले जानकारी दिनुभयो ।

उहाँले पहिलो दिन ३ हजार ५ सय बिरुवा बितरण गरेको र बिहिवार रामपुर टाक्नि, लिपनीमाल, बहुअरी लगाएतको गाउँमा बितरण हुने बताउनुभएको छ । बनले ग्रामीण किसानले रुचाउने आँप, लिची, कटहर, अनार र कागतीको बिरुवा उत्पादन गरी बितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस