आज:  २०७७ श्रावण २५, आईतबार | Sun, 09, Aug, 2020
FLASH NEWS

स्थायी सरकारको पक्षमा युवा बिद्यार्थी गरे सिमरामा प्रदर्श

२०७७ अषाढ २४, बुधबार (१ महिना अघि) ३५ पाठक संख्या

 असार २४ सिमरा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा बिद्यार्थीले स्थायी सरकारको माग राख्दै बुधबार र्‍यालीसहित प्रदर्शन गरेका छन ।

पार्टी नेतृत्वमा देखिएको विवादले मुलुक समृद्धितर्फ अघि नबढने भन्दै युवा बिद्यार्थीले स्थायी सरकारको पक्षमा प्रदर्शन गरेका हुन । करिब तीन सयको संख्यामा भेला भएका नेकपाका युवा बिद्यार्थीसहित नेताकार्याकर्ताले पार्टी नेतृत्वमा पछिल्लो समय देखिएको विवाद तत्काल अन्त्य गर्न माग गरेका छन ।

पार्टी नेतृत्वमा देखिएको विवादले जनस्तरमा सकारात्मक सन्देश नदिने भन्दै कार्यक्रम संयोजक त्रिलोक बिक्रम शाहले एकताको पक्षमा आफुहरुले प्रदर्शन गरेको बताए । उनले मुलुकको समृद्धिका लागि पार्टीभित्र एकता र स्थायी सरकार हुन जरुरी रहेको बताए ।

जिल्लाका विभिन्न स्थानबाट भेला भएका नेकपाका युवा बिद्यार्थीले भारतीय हस्तक्षेपको विरुद्धका लागि समेत एकता अपरिहार्य रहेको बताएका छन । उनिहरुले भारतीय हस्तक्षेपविरुद्ध नारा समेत लगाएका थिए ।

र्‍यालीसहित प्रदर्शनमा नेकपाका स्थानीय युवा नेता मोबिन आलम, हिरा बस्नेत, धनबहादुर श्रेष्ठ, इश्वर थपलिया, भैयाराम सहनी, जुल्फिकार अलि, कपिल खरेल, गणेश कोइरालासहित तीन सयको संख्यामा युवा बिद्यार्थी नेताको सहभागिता रहेको थियो । सहभागीले सिमराको बजारमा र्‍याली प्रदर्शन गर्दै चोकमा कोणसभा गरेका थिए । सभामा स्थानिय युवा नेताले बोल्दै स्थायी सरकारमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस