आज:  २०७७ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2020
FLASH NEWS

म्याग्दीमा बाढी पहिरोमा परेर १० को मृत्यु, १२ जना बेपत्ता

२०७७ अषाढ २६, शुक्रबार (२ महिना अघि) १०१ पाठक संख्या

असार २६ म्याग्दीः बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् ।

बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका-७, विममा ८ जना र धवलागिरी-७, ताकममा २ जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

यसैगरी धवलागिरी-६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका प्रजिअ ढकालले बताए । उनले दिएको जानकारी अनुसार मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ ।

बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको उनले बताए । अविरल वर्षाका कारण बेनी-जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस