आज:  २०७७ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2020
FLASH NEWS

आज–२७ असार २०७७ शनिवारको राशिफल

२०७७ अषाढ २७, शनिबार (२ महिना अघि) ७७ पाठक संख्या

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृष
वृष
 (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ र सहयोग पाईनेछ । नयाँ काम सुरुपनि गर्ने समय आएको छ ।

मिथुन
मिथुन
 (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

कर्कट
कर्कट 
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा नरमाइलोपन आउनसक्छ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ ।

सिंह
सिंह
 (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एक्लैले विभिन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । गरेका काममा ढिलासुस्तीपनि हुनेछ ।

कन्या
कन्या
 (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यापार व्यावसाय र वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

तुला
तुला 
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

वृश्चिक
वृश्चिक
 (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

धनु
धनु 
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एकपछि अर्को अवसर आउनेछ ।

मकर
मकर 
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कुम्भ
कुम्भ
 (गु, गे, गो, सा, सि, सु, से, सो, दा) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मीन
मीन
 (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ, सचेत रहनुहोला ।

प्रतिक्रिया दिनुहोस