आज:  २०७७ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2020
FLASH NEWS

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु

२०७७ श्रावण ४, आईतबार (२ महिना अघि) ८२ पाठक संख्या

श्रावण ०४ प्युठान : प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । ट्याक्टरमा सवारमध्ये आठमध्ये एक जना बाँचेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । (रासस)

प्रतिक्रिया दिनुहोस