आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

धादिङमा पहिरोले घर पुरिदा एकै परिवारको तीन जनाको मृत्यु

२०७७ श्रावण ६, मंगलबार (२ महिना अघि) १२८ पाठक संख्या

श्रावण ०६ धादिङ : धादिङमा पहिरोमा परिएर एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

सोमबार मध्यराति आएको पहिरोले घर पुरिदा त्रिपुरासुन्दी गाउँपालिका–६ गोलङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झाना र छोरी अन्दाजी २ वर्षीया अञ्जिता खाँडको मृत्यु भएको छ ।

मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले बताए ।

केही दिनयता देशभर अविरल वर्षा भइरहेको छ । यो अझै केही दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस