आज:  २०७७ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2020
FLASH NEWS

धनुषामा पेस्तोल देखाएर एक व्यक्तिको साथबाट ३ लाख ७६ हजार रुपैयाँ लुटिए

२०७७ श्रावण ८, बिहिबार (२ महिना अघि) ५९ पाठक संख्या

जनकपुरधाम : धनुषामा पेस्तोल देखाएर एक व्यक्तिको साथबाट ३ लाख ७६ हजार रुपैयाँ लुटिएको छ । धनुषाको कमला नगरपालिका–२ बस्ने बद्रि मण्डलका २० वर्षीय छोरा धिरज कुमार अधिकारीको साथबाट सो रकम लुटिएको हो ।

अधिकारी बुधबार दिउँसो करिव साढे १ बजे जनकपुरबाट आफ्नो घर फर्कने क्रममा जलाद पुल नजिकै लुटिएका हुन् । नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले पेस्तोल देखाएर पैसा लुटेको अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पनि अधिकारीको पैसा लुटिएको पुष्टि गरेको छ । यता घटनामा संलग्न लुटेराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस