आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

सिम्रौनगढमा टाउकोमा गम्भीर चोट लागेकी कलामुन नेशा न्यायको प्रतिक्षामा, न्याय दिलाउने डिएपी गौतमद्धारा जानकारी

२०७७ श्रावण १०, शनिबार (१ महिना अघि) १०९ पाठक संख्या

कलैया : मलाई र मेरी पत्नीसहित घरका सबै सदस्यलाई मरनासय हुने गरि कुटपिट गरियो । उपचार पछि म निको भए । तर, पत्नीको स्वास्थ्यमा अझै पनि सुधार छैन ।

उनी १० दिन देखि अझै पनि उपचारका क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना छिन् । आँखा भरी आसु लिएर बाराको सिम्रौनगढ नगरपालिकाका बस्ने जाकिर अंसारीले न्यायको लागि भौतारिँदै गरेको दुखेसो पोखेका छन् ।

यो घटना साउन १ गते साँझको हो । सिम्रौनगढ नगरपालिका ५ मा रहेको कोल्ड स्टोर देखि सलिम मियाँको घरसम्मको सडक ढलान योजनाको काम हुँदा स्थानीयले स्टिमेट अनुसारको काम गराउन असार ३१ गते काम भई रहेको ठाउँमा निगरानी गरेको थियो ।

त्यहा कमसल समान नलगाउन दिदा आधी काम गरी उपभोक्ता समितिले काम स्थागित गरेको थियो । बिहान सोही वडाका स्थानीय रमतुल्लाह अंसारी लगायत केही व्यक्ति जिल्ला प्रशासन कार्यालयका सडक ढलानको गुणस्तर चेकजाँच गरि पाउँ भनी निवेदन दर्ता गराएकोमा त्यही दिन जिल्ल प्रशासन कार्यलयबाट नगरपालिको नाममा सत्य तथ्य बुझन स्टिमेट अनुसारको काम भए नएको तथा भुक्तानी भए नभएको जानकरी पठाउन परिपत्र पठाएको थियो ।

सोही विषयलाई निहु बनाई उपभोक्ता समितिका अध्यक्ष समेत रहेका अनवर अंसारी लगायतका समुहमा रहेकोहरुले लाठी, भाठा र घरेलु हथियार खुकुरी हाँथमा लिएर जाकिर अंसारीको घर नजिक पुगेर गाली गलौचका साथै अभद्र व्यवहार गर्न थाले पछि अनवर अंसारी र जाकिर अंसारीको परिवार बिच झड्प भएको थियो ।

वाकिर मियाँको एकल परिवार र अनवर अंसारीसँग उपभोक्ता समिति लगायत समितिको सहयोगीहरु समेतले जाकिर मियाँको परिवारलाई कुटपिट गरेको थियो ।

कुटपिटबाट जाकिरकी पत्नी कलामुन नेशाको टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्था भईन् (जाकिरले भने । घटनाको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरीकको टोली घटना स्थलमा पुग्दा सबै जना फरार भएको उनले जानकारी दिए ।

उक्त संघातिक हमलामा परि घाईतेहरुले मुद्दा दर्ता गराउन खोज्दा सिम्रौनगढका ईलाका प्रहरीले कार्यालयले आलटाल गर्दै जादा जिल्ला प्रहरी कार्यालले समेत १० दिन देखि आलटाल गर्दै आउँदा पिडित माथि अझै पिडा थपिएको छ ।

आफुहरुलाई न्याय दिलाउन मानव अधिकार कर्मी र सञ्चारकर्मी गुहारर्दै र भौतारिँदै छु जाकिरले गुनासो गरे ।

यता सो बारे जानकारी लिदाँ जील्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले पिडितलनई न्याय दिलाउने काम प्रहरीको भएको र आवश्यक्ता अनुसार मुद्धा दर्ता गरेर अनुसन्धान गरीने जानकारी दिए । उनले दुबै पक्ष घाईते भएपनि महिलालाई अधिक चोटपटक लागेको देखि आएको र सोहि अनुसार मुद्धा दर्ता गरेर कारवाहि अगाडी बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस