आज:  २०७७ आश्विन ८, बिहिबार | Thu, 24, Sep, 2020
FLASH NEWS

रौतहटमा निषेधाज्ञा उलंघन गरेको भन्दै १५० जना सहित १७५ सवारीसाधन कार्वाहीमा।

२०७७ श्रावण २४, शनिबार (१ महिना अघि) ७१ पाठक संख्या

अमित ठाकुर। समुदायमा स्तरमा संक्रमन फैलिएको पछि रौतहटमा लगाएको निषेधाज्ञाको उलंघन गरेको भन्दै १५० जना मन्छे सहित १७५ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गत चैत ११ गते देखि सरकारले देशभरी लगाएको लकडाउन गत ६ गते राती १२ बजे देशभरी खोल्ने घोषणा गरेको थियो। लकडाउन खुकुलो भए संगै मान्छेहरूको चाँप बढेपछि समुदाय स्तर सम्म कोरोना भाईरस अर्थात् कोभिड १९ पुग्यो। अहिले समुदाय स्तरमा उक्त भाईरस सर्दा प्रदेश नंबर २ बढी प्रभावीत भएको देखिएको हो।

समुदाय स्तरमा कोरोना भाईरस फैलिदा अाज देखि लागू भएको निषेधाज्ञाको उलंघन गरेको भन्दै रौतहट प्रहरीले १५० जना मान्छे र १४४ वटा मोटरसाइकल, १९ वटा ट्रक,७ वटा पिकअप,५ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

निषेधाज्ञा उलंघन नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले पटक पटक सुचना सुनाएता पनि स्थानीयबासिन्दाले अटेरी गरेपछि ती ब्यक्ति र सवारीसाधन नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको हो। नियन्त्रणमा लिएको ब्यक्ति र सवारीसाधनलाई संक्रमन रोग एन अर्तगत कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले जनाएको हो।

प्रतिक्रिया दिनुहोस