आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

रौतहट हत्याकाण्डका दोषीलाई कारबाही गर्न प्रभु साहको माग

२०७७ भाद्र ४, बिहिबार (१ महिना अघि) ५३ पाठक संख्या

गौर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतातथा सांसद प्रभु साहले रौतहटमा भएकाशृङ्खलाबद्ध हत्याकाण्डका दोषीलाई कारवाहीगर्न माग गरेका छन् ।

जिल्लामा निषेधाज्ञा जारी रहेको बेला लगातार शृङ्खलाबद्ध रुपमा भइरहेको हत्या तथा आपराधिक गतिविधिले आमनागरिक त्रसित बनेको तर प्रहरी प्रशासनको ध्यान अन्यत्र रहेको भन्दै उनले ध्यानाकर्षण गराएका हुन् ।

गरुडा नपा–८, जिंगडियाका २० वर्षीय दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटेर हत्या भएको ३ दिनपछि बुधबार माधव नारायण नपा–२, खेसरहिया स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर हत्या भएपछि नेता साह प्रहरीको भुमिकाप्रति आक्रोशित भएका हुन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले किसानले भारतबाट लुकीछिपी ल्याएको मलखाद दिनहु जसो समात्ने देखि राँगा भैसी नियंत्रणको लागि हवाई फायर गर्ने प्रहरी हत्या हिंसा रोक्नतर्फ केन्द्रित नहुँदा समाजमा त्रास पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नेता साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोरोना महामारी नियन्त्रणको लागि रौतहटमा जारी निषेधाज्ञाकै क्रममा साउन ३२ गते गरुडा नपा–८, जिंगडिया निवासी करिब २० वर्षीय दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटेर हत्या भयो । हिजो (भदौ ३ गते) माधवनारायण नपा–२, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर पुनःअर्को हत्या गरिएको छ । यसरी कोरोना महामारी र लकडाउनसँगÞै रौतहटमा शृंखलाबद्ध रूपमा हत्याहिंसा लगायतका अपराधिक घटनाहरु भइरहेको छ । सर्वप्रथम, म यो शृंखलाबद्ध रूपमा भइरहेको गम्भीर हत्याकाण्डको घोर भर्त्सना गर्दछु साथै दोषीलाई कडा कारबाहीको मागसहित पीडित परिवार प्रति गहिरो संवेदना व्यक्त गर्दछु ।’

रौतहटमा लगातार भइरहेको यि र यस्ता अपराधिक घटनाले आम जनतामा त्रासको स्थिति सृजनामात्र नभई सुरक्षा निकायको कार्यक्षमतामाथी नै गम्भीर प्रश्न खडा भएको उनले जनाएका छन् ।

‘गम्भीर प्रकृतिको आपराधिक घटनाको छानबिनमा केन्द्रित हुनुको सट्टा नेपाल प्रहरीको ध्यान अन्यत्र त छैन ? किसानले भारतबाट लुकीछिपी ल्याएको मलखाद दिनहु जसो समात्नेदेखि राँगा भैसी नियन्त्रणको लागि हवाई फायर गर्नेसम्मको क्रियाकलापले प्रहरीको ध्यान राजस्व छलि नियन्त्रणमा बढी केन्द्रित भएको हो की ? भन्ने प्रश्न आमजनताको जिज्ञासा बनेको छ’नेता साहले लेखेका छन्, ‘यसरी रौतहटको सुरक्षा निकायको कमजोर भूमिकाका कारण शान्ति सुरक्षाको स्थिति चिन्ताजनक बन्दै गएकोले यसमा मथिल्लो निकायलाई थप एवं ठोस रुपमा क्रियाशील बनाउन गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस