आज:  २०७७ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2020
FLASH NEWS

पुजारिको हत्यारालाई कार्वाहीको दायरामा ल्याउन बिमलेन्द्र निधिको माग

२०७७ भाद्र ७, आईतबार (१ महिना अघि) ४७ पाठक संख्या

रौतहट जिल्लामा भएको पुजारी हत्याको न्यायको नेपाली कांग्रेसको केन्द्रिय उप सभापति विमलेन्द्र निधीले माधव नारायण नगरपालिकामा गरिएको पुजारीका हत्याको अनुसन्धान गरीकारबाहीको माग गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले चार दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको विषयमा छिटोअनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको हो । पुजारी शुद्ध समाज सेवि र ईमानदार व्यक्ति थियो ।

निर्मम तरिकाले गरिएको हत्यामा सरकार नबोल्नु कारण हत्याको धाकछोप गर्नु समाजिक र कानुनी न्यायको उपास हुने देखिन्छ । देश व्यापी रूपमा आलोचना भइरहेका बेला आइतबार दिउँसो ट्वीटरमार्फत पुजारीका हत्यारामाथि कारवाही गर्न सरकारसँग माग गर्नुभएको हो ।

उप सभापति निधिले नेपाल प्रहरीसँग घटनाको अनुसन्धान गरि अपराधीलाई सार्वजनिक गर्न समेत माग गर्नु भएको छ ।

ट्विटरमा उहाँले लेख्नुभएको छ,
रौतहट जिल्लाक‍ो माधवनारायण नगरपालिकामा हनुमान मन्दिरका पुजारी राम साहलाई राती खाना खाने बेलामा गोली हानी हत्या गरेको चार दिन भए पनि सरकारले अहिले सम्म केही गरेको छैन।

शीघ्र हत्याराको खोजी गरि
कडा सजाय दिन सरकारसंग माग गर्दछु।
मृतकको आत्माको चीर शान्तिका लागि प्रार्थना गर्दछु।

सरकार र नेपाल प्रहरी गम्भीर रूपमा अनुसन्धान गरि घटनालाई जतिसक्दो छिटो कानुनी दयाराममा अपराधीलाई कडा भन्दा सजाय समेत माग गर्दै पुजारीको आत्माको चिरशान्ती कामना समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस