आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

यस्ताे हुन्छ सोमबार जन्मेका मानिसको भाग्य र स्वभाब

२०७७ भाद्र ८, सोमबार (४ हप्ता अघि) २६ पाठक संख्या

एजेन्सी : मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल, महिना, गते, जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ ।

 

मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मवार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ । ज्योतिष शास्त्रका अनुसार सोमबार जन्मेका र जन्मने व्यक्तिको गुण, स्वभाव र भविष्य यस्तो हुन्छ :-

 

१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ निकै चञ्चल स्वभावका हुन्छन् । उनीहरु मृदुभाषी हुन्छन् तर पनि उनीहरु मुढी स्वभावका हुन्छन् ।

 

२. सोमबार जन्मिएका मानिस संवेदनशील हुन्छन् तर, चाडैँ नर्भस पनि हुन्छन् ।

 

३. सोमबार चन्द्रमाको वार भएको र चन्द्रमा मनको कारक भएको कारणले जीवनका अस्थिरता वा उतारचडाव आईरहन्छ ।

 

४. सोमबार जन्मिएका मानिस पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्न सफल हुन्छन् ।

 

५. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

 

६. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

 

७. सोमबार जन्मिएका मानिस सौन्दर्यमा निकै ध्यान दिन्छन् । सुन्दरताले धेरै जसोलाई आकर्षित पनि गरेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस