आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

भाईरल बन्दै खरेल निर्मित ‘माया’ को म्युजिक भिडियो

२०७७ भाद्र १०, बुधबार (३ हप्ता अघि) २०६ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाका स्थानिय युवाले निर्माण गरेको गित ‘माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

हाईलाईटस् नेपाल युटुयब च्यानलबाट आईतवार साझ उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । संगित र कला क्षेत्रमा रुची राख्ने स्थानिय युवाले उक्त भिडियो निर्माण गरेका हुन् ।

 

भिडियोमा स्थानिय रमन राई र आकृति न्यौपानेले अभिनय गरेका छन् । भिडियोको निर्माता कपिल खरेल रहेका छन् भने निर्देशन प्रेम कार्कीले गरेका छन् । ¥यापर टिआरको शब्द र संगित रहेको गितमा अंकित तामाङले आवाज दिएका छन् । गितमा ¥याप भने टिआरको रहेको छ ।

 

भिडियोमा लागुऔषधको प्रयोगबाट समाजको विभिन्न क्षेत्रमा पर्ने असरमध्ये प्रेम सम्बन्धमा परेको असरलाई दर्शाउन खोजिएको छ । भिडियोले लागुऔषध प्रयोगको आदतलाई छाड्न प्रेरित गर्ने निर्माता खरेलको बताउछन् ।

 

भिडियोको छायांकन सिमरामा गरिएको छ भने गितको रेकर्डिङ सिमरास्थित एसएमसी स्टुडियोमा भएको हो । भिडियो द टिम प्रोडक्सनले तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस