आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

जीतपुरसिमरामा २० कोरोना संक्रमित थपिए ।

२०७७ भाद्र १०, बुधबार (३ हप्ता अघि) ७८ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकामा बुधवार २० जना कोरोना संक्रमित थपिएका छन् । अस्थायी कोरोना अस्पताल सिमराले दिएको जानकारी अनुसार भदौ ७ गते गरीएको पिसिआर चेकको नतिजा अनुसार बुधवार २३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

कोरोना संक्रमितहरु मध्ये जीतपुरसिमरा वडा नम्बर ७ जीतपुरका १० जना, वडा नम्बर १ का ६ जना, पथलैया एपिफका ५ जना रहेका छन् । यसैगरी कलैयाका १ जना, कोल्हबीका १ जना र चन्द्रपुरका १ जना रहेको अस्थायी कोरोना अस्पताल सिमराका डाक्टर दिपक गिरीले जानकारी दिनुभयो ।

 

 

संक्रमितहरुलाई होम आइसोलेशनका साथै कोभिड अस्थायी आइसोलेशनमा पठाउन तैयारी भएको डाक्टर गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस