आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

‘फुड बैँक सिमरा’ अभियानको दोस्रो दिन सिमराको नरबस्तिमा

२०७७ भाद्र ११, बिहिबार (३ हप्ता अघि) ११० पाठक संख्या

बाराको सिमरा स्थित नरबस्तिका युवाहरु बिहान बिहानै घर घरबाट सामान लिएर बाहिर जादै गरेको दृश्य देखीयो । यती बिहानै बोरा र झोलामा समान बोकेर कहाँ गएका होलान भन्ने छिमेकीहरुले चासो लिएर सोधे ।

 

उनिहरुको जवाफ थियो जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ र २ का युवाहरुले संयुक्त रुपमा फुड बैँक सिमरा अभियान संचालनमा ल्याएका छन् । हामी त्यही सहयोग गर्न जान लागेका ।

 

‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथै सिमरा र पथलैयाका युवाहरुले संयुक्त रुपमा कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुको लागि खाद्यान्न संकलन गर्ने कार्य गरी रहेका छन् ।

 

पहिलो दिन बुधवार बाराको पथलैयामा अभियान संचालन गरेका युवाहरु बिहिबार सिमराको नरबस्तिमा यस अभियानलाई निरन्तरता दिएका हुन् । कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुको लागि खाद्यान्न संकलन गर्ने उद्धेश्य स्वरुप संचालनमा ल्याएको यस अभियानमा सहयोग गर्नेहरु आफुले सक्दो सहयोग लिएर आउन थाले ।

 

दोस्रो दिनको करिब १२ बजेसम्म यहाँबाट २२ बोरा चामल,४ कार्टुन चाउचाउ, १० किलो पिठो, ४४ प्याकेट नुन, २२ प्याकेट मस्यौरा, ३१ किलो दाल, १८ लिटर खाने तेल, बेसार र चना संकलन भएको यस अभियानका अभियान्ता प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो ।

 

 

विश्व भरी नै माहामारीको रुपमा फैलिएको यस कोरोना भाईरस (कोभिड १९) मा बारामा दोस्रो पटक गरीएको लकडाउनमा कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुलाई सहयोग गर्ने उद्धेश्य सहित यो फुड बैँक, सिमरा भन्ने अभियान संचालनमा
यहाँबाट संकलित खाद्यान्नलाई कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुलाई वितरण गर्न नामावलि समेत तैयार गरीरहेको र आवश्यक्ता पहिचान गरी वितरण गरीने वडा अध्यक्षको सहकार्यमा वितरण गरीने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस