आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

मुख्य मन्त्रीलाई कालोझण्डा देखाएर बढी फुर्ति नदेखाउन मन्त्री यादवको नेकपा कार्यकर्तालाई चेतावनी

२०७७ भाद्र १८, बिहिबार (२ हप्ता अघि) २८ पाठक संख्या

ओम प्रकाश यादव।रौतहट । प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले नेकपाका नेता तथा कार्यकर्तालाई बढी फुर्ति नदेखाउन चेतावनी दिएका छन ।
राज्य मन्त्री यादवले आज रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा प्रहरी चौकी भवनको शिलान्यास गर्न पुगेका बेला यस्तो चेतावनी दिएका हुन ।

मुख्य मन्त्रीलाई कालोझण्डा देखाउन खोज्दा राज्य मन्त्री यादवले एकाएक नेकपाका कार्यकर्तामाथी कडकिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुले आज पुजारी हत्या भएको ठाउँ खेसरहियामा प्रहरी चौकी भवनको शिलान्यास गर्न आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव र कृषि राज्य मन्त्री योगेन्द्र यादवलाई कालोझण्डा देखाउन खोजेका थिए तर कालो झण्डा देखाउन नपाँदै उनिहरुलाई प्रहरीले लाठी चार्ज गर्दै लखेटेका थिए ।

खेसरहियामा गोली हानी हत्या गरिएका हनुमान मन्दिरका पुजारी श्रीराम साहको सम्मान स्वरुप प्रहरी चौकी भवन शिलान्यास, पोखरीको सौन्दर्यीकरण जस्ता विकास निर्माणको काम गर्न आएका मुख्य मन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने नेकपाका नेता तथा कार्यकर्ताहरुलाई राज्य मन्त्री यादवले विकास विरोधीको संज्ञा दिएका हुन ।

 

विकास विरोधी नेकपाका कार्यकर्ताहरुले विकास गर्न आएका मुख्य मन्त्री सहितको टोलीलाई विकास गर्न नदिन कै लागि कालोझण्डा देखाउन खोजेको भन्दै राज्य मन्त्री यादवले आक्रोस व्यक्त गरेका हुन ।

जनता समाजवादी पार्टीका प्रभावशाली युवा नेता समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले सांसद प्रभु साहमाथी लक्षित गर्दै जनता समाजवादी पार्टीको विकास हेरेर नेकपाका नेता र कार्यकर्ता हतोसाहित भएर कालोझण्डा देखाउन खोजे पनि त्यो सफल हुन नसकेको बताएका छन ।

मन्त्री यादवले चलनी हषे बढनीके जेकरा अपने बहतरगो छेद भन्ने भोजपुरी उखानलाई कटाक्ष गरेका थिए ।
उनले भने खेसरहिया प्रभु साहको क्षेत्र भित्र पनि पर्दैन त्यै पनि उनले एक मन्दिरको शिलान्यास गराएपनि हामी कुनै विरोध गर्न गएनौ तर म र हाम्रा पार्टीका मुख्य मन्त्री सहित अन्य नेताले विकास गर्न खोज्दा साहले कार्यकर्ता पठाएर उल्टै विरोध गर्न लगाउनु आफैमा नैतिक हिन र असोभनिय कार्य हो ।

 

मन्त्री यादवले प्रभु साह आफना क्षेत्रबाट बाहिर आएर अरुको क्षेत्रमा विकास गर्न आउँदा आफुहरु कुनै विरोध नगरेको तर आफनै क्षेत्रमा आफनै पार्टीका नेताहरु विकास गर्न खोज्दा सहयोग गर्नुको सटा साहले उल्टै भाडभैलो गर्न खोजेको भन्दै आक्रोस व्यक्ति गरेका हुन ।

 

विकासको बाधक नबन्न र एउटा मन्दिर मात्र नभइ अन्य पुर्वाधार निर्माणको काम पनि गर्न राज्य मन्त्री यादवले सांसद साहलाई सुझाव दिएका हुन ।
खेसरहियाको चौतर्फि विकास गर्न प्रदेश सरकार तयार रहेको अवस्थामा कसैले पनि विकास गर्न रोक्न खोजे त्यो सम्भव हुन नदिने उनले चेतावनी दिए ।

खेसरहियामा कुनै पनि पार्टीका नेता अथवा जुन सुकै व्यक्तिले पनि कुनै प्रकारको विकासको काम गर्न पाउनुपर्ने मन्त्री यादवको भनाई छ । कसैले पनि त्याहा विकास गर्न चाहे हस्तक्षेप नगर्न उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस