आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

जगदम्बा स्टिलद्धारा वडा नम्बर २ लाई रोगप्रतिरोधक क्षमता बढाउने होमियोपेथिक औषधि सहयोग

२०७७ भाद्र २३, मंगलबार (१ हप्ता अघि) १०५ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ लाई जगदम्बा स्टिलले रोगप्रतिरोधक क्षमता बढाउने होमियोपेथिक औषधि हस्तान्तरण गरेको छ । कोरोनाको संक्रमण बढि रहेको समयमा यस उद्योगले आफ्नो समाजीक उतरदायीत्व अन्तरगत रोगप्रतिरोधक क्षमता बढाउने होमियोपेथिक औषधि हस्तान्तरण गरेको हो ।

 

मारवाडी सेवा समिती काठमाडौंको सहयोगमा करिब ३ हजार ५ सय थान औषधि हस्तान्तरण गरीएको हो । जगदम्बा स्टिलमा प्रशासन तथा जनसम्पर्क अधिकृत कुमुद ढकाल र एक्जुकेटिभ एच आर सुजन कुवरले संयुक्त रुपमा वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठलाई औषधि हस्तान्तरण गर्नुभएको हो ।

 

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रशासन अधिकृत ढकालले आउदो दिन यस उद्योग आफ्नो समाजीक उतरदायीत्व पुरा गर्न यस्ता कार्यहरु गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस