आज:  २०७७ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2020
FLASH NEWS

ट्रिनबागोलाई सीपीएलको उपाधि

२०७७ भाद्र २६, शुक्रबार (१ हप्ता अघि) १९ पाठक संख्या

एजेन्सी : ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

बिहीबार भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो । ट्रिनबागोले अपराजित रहदै उपाधि जितेको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियम भएको खेलमा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

ट्रिनबागोको जितमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, डरेन ब्राभोले अविजित रहदै ५८ रनको आर्शशतकीय इनिङ्स खेले ।

यसअघि पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो । सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडे ।

यस्तै, नाजिबउल्लाह जाड्रनले २४ र रोस्टन चेसले २२ रन बनाए । ट्रिनबागोका केइरन पोलार्डले सर्वाधिक ४ विकेट लिए । अली खान र फावाद अहमेदले समान २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस