आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन घिसिङको कार्यकाल आजबाट सकिँदै

२०७७ भाद्र २८, आईतबार (१ हप्ता अघि) १६ पाठक संख्या

काठमाडौंनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको कार्यकाल आज (आइतबार)देखि सकिँदै छ ।

२०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी दिर्नेशनमा नियुक्त भएका घिसिङ चार वर्षे कार्यकाल आजबाट सकिन लागेको हो ।

प्राधिकरणको नयाँ कार्यकारी निर्देशन कसलाई बनाउने सम्बन्धमा मन्त्रिपरिषद् बैठक टुंगो लगाउने छ । तर, अहिलेसम्म पुनः घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ ।

घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशनमा दोहोर्याउने गरि मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको बताइएको छ । तर, यसपटक घिसिङलाई दुई वर्षको लागि मात्र जिम्मेवारी दिने तयारी भएको चर्चा समेत चलेको छ ।

यसअघि उर्जा मन्त्री वर्षमान पुनले कार्यकारी निर्देशनमा घिसिङलाई नै निरन्तता दिनेगरी मन्त्रालयले प्रस्ताव लैजाने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

यद्यपी अहिलेसम्म कसैलेपनि कार्यकारी निर्देशनमा उम्मेदवारी दाबी पेश नगरेका कारणपनि घिसिङलाई नै निरन्तरता दिन लागिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस