आज:  २०७७ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2020
FLASH NEWS

पूर्वराजा वीरेन्द्र चढ्ने जहाज जब काठमाडौंको सडकमा गुड्यो…

२०७७ भाद्र २८, आईतबार (१ हप्ता अघि) २६ पाठक संख्या

काठमाडौं : शनिबार राति ८ बजे राजा वीरेन्द्र चढ्ने गरेको नेपाली सेनाको एनए–०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज काठमाडौंका सडकमा गुडेको अनौठो दृश्य देखियो ।

नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि यात्रा गरिरहेका सर्वसाधारण तथा आसपासका क्षेत्रमा स्थानीय अच्चम परे । यद्यपी उक्त जहाज नेपाली सेनाले नारायणहिटी संग्रहालयमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर लगेको हो ।

त्रिभुवन विमानस्थलबाट गुडाउन शुरु गरिएको जहाज तिनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पु-याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो ।

यो जहाजले सन् १९७१ डिसेम्बर ३१ मा पहिलो उडान भरेको थियो । यसलाई सन् १९७५ जनवरी २३ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमले खरिद गरेको थियो । त्यसपछि सन् १९८० अप्रिल १३ मा तत्कालीन शाही नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । यसमा राजा वीरेन्द्र तथा राजपरिवारका सदस्य सवार हुने गरेका थिए ।

राजपरिवारले प्रयोग गर्ने सरसामान नारायणहिटी संग्रहालयमा राख्ने क्रममा जहाजलाई पनि लगिएको हो । लामो समयदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड रहेको जहाज गुडाएर लगिएको हो ।

प्रतिक्रिया दिनुहोस