आज:  २०७७ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2020
FLASH NEWS

आज–२८ भदौ २०७७ आइतवारको राशिफल

२०७७ भाद्र २८, आईतबार (१ हप्ता अघि) १९ पाठक संख्या

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शैक्षिक कार्य अघि बढ्नेछ । कुटुम्बको साथ पाईनेछ । कार्य सम्पादनमा सहजतापनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टी मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रिनेछ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला । शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नसक्छ । मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

प्रतिक्रिया दिनुहोस