आज:  २०७७ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2020
FLASH NEWS

बलिउड अभिनेत्री काजल अग्रवाल यहि माहिनामा विवाह बन्धनमा बाँधिने

२०७७ आश्विन २१, बुधबार (३ हप्ता अघि) ५९ पाठक संख्या

काठमाडौं : बलिउड अभिनेत्री काजल अग्रवाल यहि माहिनामा विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

३५ वर्षीया यी अभिनेत्रीले आफ्नो जीवनसाथीको टुंगो लागि सकेको इन्स्टाग्राममार्फत जनाएकी हुन् । आफूले खोजेको जस्तै बर पाइसकेको र छिटै बिहे हुने उनले सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।

भारतीय व्यवसायी गौतम किचलुसँग उनले लगनगाँठो कस्न लागेकी भारतीय सञ्चारमाध्यमले लेखेका छन् । इन्स्टाग्राममा उनले विवाहको मितिसमेत पोस्ट गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘विवाहमा परिवार मात्र सामेल हुने छन् ।’ अजय देवगन स्टार ‘सिंघम’बाट उनी बलिउडमा स्थापित भएकी थिइन् । साथै दर्जनौं दक्षिण भारतीय फिल्ममा उनले अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस