आज:  २०७७ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2020
FLASH NEWS

नेपाल-भारत उडान शुरु गर्न पर्यटनमन्त्री र भारतीय राजदूतबीच छलफल

२०७७ आश्विन २३, शुक्रबार (२ हप्ता अघि) ३९ पाठक संख्या

काठमाडौं : कोरोना महामारीका कारण रोकिएको नेपाल-भारत हवाई उडान शुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ ।

 

छलफलमा पर्यटनमन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशको हवाई उडान चाँडै शुरु गर्ने निष्कर्षमा पुगेको बताइएको छ । भेटमा मन्त्री भट्टराईले भैरहवाका साथै नेपालगन्ज र महेन्द्रनगर नाकाबाट पनि चाँडै उडान अनुमति दिन भारतसँग आग्रह गरेका थिए ।

 

उनीहरुबीच पशुपति, लुम्बिनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे पनि छलफल भएको थियो । रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेकोमा प्रतिबद्धता गरिएको छ ।

 

राजदूत क्वात्राले कोरोनाका कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया दिनुहोस