आज:  २०७७ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2020
FLASH NEWS

पुरानै भाडामा सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न अनुमति

२०७७ आश्विन २७, मंगलबार (१ हप्ता अघि) २० पाठक संख्या

काठमाडौं ; सरकारले सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म बढी भाडा लिन नपाउने निर्णय गरेको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार १ असोजबाट ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने प्रावधान २६ असोजको मन्त्रिपरिषद्बाट हटाइएको ह‍‍‍‍ो ।

 

य‍ोसँगै सार्वजनिक यातायातमा फुल सिट यात्रु चढाउन पाउने भएका छन् । व्यवसायीहरूले पूरानो भाडादरमै पूरा क्षमतामा गाडी चलाउन पाउने माग गरेका थिए ।

 

सरकारले यसअघि सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।

 

अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस