आज:  २०७७ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2020
FLASH NEWS

विराट शिक्षण अस्पतालमा कोरोना संक्रमितको पुरुषको मृत्यु

२०७७ आश्विन २८, बुधबार (१ हप्ता अघि) ३५ पाठक संख्या

विराटनगर : विराट शिक्षण अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । मोरंगको बुढीगंगा गाँउपालिका ३ बाँसबारीका स्थानीय ६० वर्षीय पुरुषको आज (बुधबार) बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

असोज १५ गते कोरोना पोजेटिभ पुष्टि भएका उनको मंगलबारबाट स्वास्थ्य अवस्था गम्भीर भएको अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए । श्वासप्रश्वास र मिर्गाैला सम्बन्धी समस्या रहेका बिरामीमा कोरोना पुष्टि भएपछि बिहीबार नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस