आज:  २०७७ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2020
FLASH NEWS

नेयमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी

२०७७ आश्विन २८, बुधबार (२ हप्ता अघि) ४७ पाठक संख्या

काठमाडौं : नेयमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।

विश्वकप छनोट अन्तर्गत आज (बुधबार) पेरुसँगको खेलमा ह्याट्रिक गरेसँगै नेयमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका हुन् ।

 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले १ सय ३ खेलमा ६४ गोल पुरा गरे । ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान भने पेलेको नाममा रहेको छ ।

 

फुटबलका भगवान मानिने पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् । पेलेले ९२ खेलमा ७७ गोल
गर्दै कीर्तिमानी गोल गरेका हुन् ।

Image may contain: 2 people, text that says 'TOP GOALSCORERS BRAZIL PELE NEYMAR 77 RONALDO 64 ROMARIO 62 ZICO 55 48'

प्रतिक्रिया दिनुहोस