आज:  २०७७ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2020
FLASH NEWS

जबर्जस्ति कर्नि गरेर हत्या गरेको आरोपमा रौतहट बाट एक जना पक्राउ

२०७७ आश्विन २९, बिहिबार (१ हप्ता अघि) २८ पाठक संख्या

रौतहटमा असोज १६ गतेका दिन हत्या गरिएको गढ़िमाई नगरपालिका वडा न १ समनपुर टोल बस्ने सिताराम साहको छोरी हाल वृन्दावन नपा वडा न ४ का बैधनाथ साह बाजेको घरमा सानै देखि बस्दै आएकी १४ बर्षिय युवतीको असोज १६ गते हत्या भएको थियो ।

 

बिहान ९ बजेको समयमा घास काट्न गएको समयमा जबरजस्ती करनी गरेर हत्या गरेको आरोपमा वृन्दावन नपा वडा न ४ का रामदेव साह तेलीको छोरा ४५ बर्षिय चुनु साह तेलीले सांझा साहलाई प्रोलोभन दि जबरजस्ती कर्नि गर्दा सांझा साहले अरुलाई भन्दिन्छु भने पछि घाटी थिचेर हत्या गरेको थियो ।

 

हत्या गरेर फरार रहेको चुनु साहलाई २ न प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी टोलीले गरुडा नगरपालिका वडा न ४ स्थित लुकिछिपी बसेको अवस्थामा चुनु साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

 

पक्राउ गरिएको चुनु साहलाई जिल्ला अदालत गौर बाट १५ दिनको म्याद ठप्प गरेर अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस