आज:  २०७७ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2020
FLASH NEWS

रौतहटमा एक व्यक्तिको शव बरामद

२०७७ आश्विन २९, बिहिबार (१ हप्ता अघि) २७ पाठक संख्या

रौतहट जिल्लाको गौर नगरपालिकाको वडा नं. ५ बर्हवा पुल नजिकै रहेको घनश्याम अग्रवालको घर अगाडी सडक छेउमा नाम, थर, वतन नखुलेको अन्दाजी . बर्ष ३५ को एक जना अज्ञात पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता भारत श्रेष्ठले जानकारी गराएको छ ।

घटनास्थलामा जिल्ला प्रहरी कार्यालय रौतहटको टिम पुगी , शवको मुचुल्काको कार्य सम्पन्न गरी मृतक व्यक्तिको शवलाई जिल्ला अस्पताल गौर रौतहटमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस