आज:  २०७७ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2020
FLASH NEWS

बाराका प्रहरी प्रमुख कृष्ण पगेनी सम्मानित

२०७७ आश्विन ३०, शुक्रबार (१ हप्ता अघि) ७२ पाठक संख्या

बारा का प्रहरी प्रमुख एवंम प्रहरी उपरीक्षक कृष्ण पगेनी सम्मानित भएका छन् । नेपाल प्रहरी को विभागिय नीति निर्देशन अन्तरगत रही सुम्पिएको जिम्मवारीलाई कुशलतापूर्वक काम गरेको र कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी कार्य क्षेत्रमा प्रहरी उपरीक्षक पगेनीले उत्कृष्ट कार्य गरेकोमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ जनकपुरधाम ले उच्च अमूल्य योगदानको साथ सम्मान गरेको हो ।

 

६५ औ प्रहरी दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमका बिच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत ले बारा का प्रहरी प्रमुख एवंम प्रहरी उपरीक्षक कृष्ण पगेनी लाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

 

प्रहरी उपरीक्षक पगेनीले बारा को प्रहरी प्रमुख को जिम्मेवारी सम्हाले लगत्तै जिल्लामा लागुऔषध नियन्त्रण, फरार अभियुक्त लाई पक्राउ र महिला हिंसा तथा बालबालिकाको संरक्षणका लागि जनचेतना जगाउन जस्ता अन्य धेरै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।

 

उनले यस जिल्ला को कमाण्ड सम्हाले देखि नै धेरै वर्ष देखि फरार रहेका अभियुक्त त्यस्तै पत्रकार हत्यामा समेत सलङ्गन रहेका अभियुक्तहरु लाई धमाधम कानुनको कठगरा ल्याएका छन् ।यसरी प्रहरी उपरीक्षक को कुरा गर्ने हो भने एक कुशल सुरक्षाकर्मीको रुपमा आम बारा बासीको मन जित्न सफल भएका छन् ।उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बारामा विभिन्न खाले सचेतना तथा जनचेता कार्यक्रमहरु पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस