आज:  २०७७ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2020
FLASH NEWS

कप्तान फेर्दा पनि कोलकाताको विपक्षीमै नतिजा

२०७७ कार्तिक १, शनिबार (१ हप्ता अघि) २६ पाठक संख्या

दिनेश कार्तिकले ब्याटिङमा केन्द्रित हुने बताउँदै कोलकाता नाइट राइडर्सको कप्तानी पद छाडिदिए ।

उनको स्थानमा विश्वकप विजयी कप्तान इयोन मोर्गनले कोलकाता नाइट राइडर्सको नेतृत्वको मोर्चा सम्हाले । यसले न कार्तिकको ब्याटिङमा सुधार आयो न त मोर्गनले नै कोलकातालाई जिताउन सके ।

 

कोलकाता इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार मुम्बई इन्डियन्ससँग ८ विकेटले पराजित हुन पुग्यो । टस जितेको कोलकाताले अबुधाबीस्थित शेख जायेद रंगशालामा १४८–५ को स्कोरमात्र बनाउन सक्यो । रोहित शर्मा र क्विन्टन डी ककले उत्कृष्ट सुरुआत दिलाएपछि मुम्बईले १६.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । कप्तान रोहित शर्मा ३५ रनमा आउट भए । डी ककले ४४ बलमा ९ चौका र ३ छक्कासहित अविजित ७८ रन बनाए ।

 

यस जितपछि मुम्बई पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । ८ खेलको समाप्तिमा दिल्लीसँगै समान १२ अंक जोडेको मुम्बई राम्रो रनरेटका आधारमा शीर्षस्थानमा छ । कोलकाता ८ अंकसहित चौथो स्थानमा छ । सबै टोलीले समान १४ खेल खेलेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

 

कोलकातालाई शीर्ष चारभित्र रहन पुछारका चार टोलीबाट चुनौती आउने निश्चित छ । कार्तिक ४, एन्ड्रयु रसेल १२, राहुल त्रिपाठी ७, शुभमन गिल २१ र नितिश राना ५ रनमै आउट भएपछि कोलकाताको इज्जत अस्ट्रेलियन बलर प्याट कमिन्सको ब्याटले केही हद जोगायो ।

 

उनले ३६ बलमा ५ चौका र २ छक्कासहित अविजित ५३ रन बनाए । नयाँ कप्तान मोर्गनले २९ बलमा २ चौका र २ छक्कासहित ३९ रन बनाए ।

प्रतिक्रिया दिनुहोस