अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको बताएको छ।
नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भेटरी फर इन्फ्रारेड एस्ट्रोनमी’ ‘सोफिया’ टेलिस्कोपले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको जनाइएको छ।
चन्द्रमामा पानीको अध्ययन गर्न ठूलो उडिरहेको टेलिस्कोपको आवश्यकता थियो। त्यसकारण नासा र जर्मन एरोस्पेस सेन्टरले बोइङ ७४७ विमानमा ठूलो टेलिस्कोप जडान गरे र यसैबाट चन्द्रमामा पानीको अस्तित्वबारे अध्ययन गरिएको हो।
सोफिया उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप भएको बताइएको छ।
नासाका अमनुसार सोफिया टेलिस्कोपबाट चन्द्रमाको क्लेभियस क्रेटरमा पानी फेला परेको छ। क्लेभियस क्रेटर चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित छ। यसलाई पृथ्वीबाट पनि देख्न सकिने जनाइउको छ।
हालै भेटिएको पानीको मात्रा थोरै भएपनि यो उपलब्धिमूलक अनुसन्धान भएको नासाको भनाइ छ।
अधिकारीहरुका अनुसार चन्द्रमामा हाल भेटिएको पानी पृथ्वीको सबैभन्दो ठूलो मरुभूमि साहारा मरुभूमिमा पाइने पानीभन्दा सय गुणा कम हो। हावा नभएको क्षेत्रमा कसरी पानी सम्भव भयो भन्नेमा वैज्ञानिकहरुले पनि चासो दिएका छन्। एजेन्सी
प्रतिक्रिया दिनुहोस